
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् ।
काठमाडौंबाट बाजुराका लागि हिँडेको सुपप्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल – ४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए ।
घाइतेहरुमध्ये ११ जना देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।हिमालय टाइम्स



