
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताउनुभएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रिय कमिटीको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताउनुभयो । दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताउँदै उहाँले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले एउटा व्यक्तिको स्वार्थमा सिंगो देश नै अलोकतान्त्रिक भएको बताउनुभयो ।जनता समाचार



