खबर

गठबन्धनका नेतालाई कानुन नलाग्ने व्यवस्था गरौँ : सांसद सिंह

फाइल तस्बिर

काठमाडाैं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ठूला दलका नेताहरूले देशको कानुन उल्लंघन गरिरहेको आरोप लगाउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले सत्तामा रहेका गठबन्धन दलका नेतालाई कानुन नलाग्ने हो भने संविधान नै संशोधन गरेर यो व्यवस्था थप्न माग गर्दै भन्नुभयो, ‘नियम कानुन बनाउने तर ठूलालाई नलगाउने हो भने भनौँ कि संविधान संशोधन गरेर जो सत्तामा हुन्छन्, सत्ता गठबन्धनका ठूला मान्छेलाई नियम कानुन लाग्दैन ।’उहाँले मिटरब्याजी सरकारले नै संरक्षण गरेर बनाएको आरोपसमेत लगाउनुभयो ।हिमालय टाइम्स

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button