खेलकुदमूल खबर

टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध खेल्दै नेपाल

काठमाडौं ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि सुरु हुँदै छ। सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेदेखि सुरु हुनेछ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन्।

आईसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ। नामिबिया आईसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्यान्ड्स १५औँ स्थानमा रहेको छ। त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button