मूल खबर

झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, बालिका घाइते

काँकरभिट्टा ।झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ । शनिबार साँझ मेचीनगर नगरपालिका—५ घोडाधिनस्थित सडक खण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्बरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदल यात्रीहरू सोही ठाउँ का ५५ वर्षीया देविमाया बिक, नवीन बिकको छोरी ६ वर्षीया निशा बिकलाई ठक्कर दिएको थियो। घाइते दुवैजनालाई उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो ।

उपचारको क्रममा देवीमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । अर्का घाइते निशाको नाकमा चोट लागेकोले उपचार भइरहेको छ । यता मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ । चालक फरार रहेकोले खोजी कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button