खबर

ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते, चारको अवस्था गम्भीर

एजेन्सी।

ट्युनिसियाको राजधानी ट्युनिसको दक्षिणी उपनगरस्थित रादेस जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते भएका छन्।

नागरिक सुरक्षा विभागका प्रवक्ता मोएज ट्रियाले बताए अनुसार घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय समय अनुसार बिहान ६:२० बजे राष्ट्रिय तेल वितरण कम्पनीको स्वामित्वमा रहेको ग्यास भर्ने केन्द्रमा विस्फोट भएको थियो ।

ग्यास सिलिन्डर भर्ने क्रममा ग्यास चुहावटका कारण विस्फोट भएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button