खेलकुद

महिला फुटबल टोलीको वरीयता सुधार

काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा पाँच स्थानले सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको मार्चको वरियतामा नेपाल सयौं स्थानमा उक्लेको छ । यसै महिना साउदी अरेबिया भएको वाफ च्याम्पियनसिपमा नेपालले फाइनल खेलेको थियो ।

जोर्डनसँगको फागुन १६ गते भएको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएको थियो । निर्धारित समयमा फाइनल २-२ बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २-१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५-०, सिरियालाई ४-१ र प्यालेस्टाइनलाई ४-० ले हराएको थियो ।

दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा रहेको छ । भारत एक स्थान तल झर्दै ६६औं स्थानमा छ । यस्तै बंगलादेश १४०, श्रीलंका १५७, पाकिस्तान १५८ माल्दिभ्स १६१, भुटान १७३औं स्थानमा छन् । विश्वकप विजेता स्पेन शीर्षस्थानमा कायमै छ । यस्तै इंग्ल्याण्ड दोस्रो, फ्रान्स तेस्रो, अमेरिका चौथो र जर्मनी पाँचौं स्थानमा रहेका छन् ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button