खबर

रिटर्नी सेन्टर नेपालको झापा जिल्ला र प्रदेश कमिटी गठन

मेचीनगर । नेकपा(माओवादी केन्द्र)निकट रिटर्नी सेन्टर नेपाल झापा जिल्ला समिति एक सम्मेलनका बीच गठन भएको छ ।सुभाषचन्द्र मैनाली अध्यक्ष र प्रविण बानियाँ सचिव रहेको ३१ सदस्यीय समिति गठन भएको छ । झापाको बिर्तामोड स्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा सम्पन्न सेन्टरको जिल्ला सम्मेलनको प्रमुख अतिथि सो पार्टीका नेता ईन्द्र आङ्बो रहेका थिए । सो सम्मेलनले जिल्ला कमिटीका साथै विभिन्न समिति समेत गठन गरेको थियो ।यसै गरि झापाको दमकमा सेन्टरको प्रदेश कमिटीको सम्मेलन सम्पन्न भएको छ । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा सम्पन्न कोशी प्रदेश सम्मेलनले गणेश कालिकोटेको अध्यक्षतामा ३५ सदस्यीय प्रदेश कमिटी गठन गरेको बताईएको छ ।
चितवनमा सम्पन्न हुन गईरहेको सो सेन्टरको प्रथम केन्द्रीय सम्मेलनमा झापाबाट १८ जना प्रतिनिधि सहभागी हुनेछन् ।चैत्र ९—१० गते चितवनको भरतपुरमा हुने सेन्टरको प्रथम केन्द्रीय सम्मेलनको उद्घाटन सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button