
काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाईनिर्देशन दिएको छ ।
गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका प्रहरी तत्काल हटाइ युनिर्फममा जिम्मेवारी दिन भन्दै निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले मातहातका कार्यालयलाई यस्तो परिपत्र गरेको हो ।यसअघि सूचना संकलनका लागि सादा पोशाकमा (घुमुवा)को रूपमा परिचालन हुँदै आएका थिए ।
‘हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिइ उनीहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।



