मूल खबर

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन नेपालमा हुने

काठमाडाैं । नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।

दिगो विकास लक्ष्य हासिल हुनेगरी स्वास्थ्य क्षेत्रको रणनीतिक योजनालाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक धारणा तय गर्न सो शिखर सम्मेलन आयोजना गरिएको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिनुभयो । सम्मेलनले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने सो शिखर सम्मेलनमा देश तथा विदेशबाट गरी करिव एक हजार भन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येता सहभागिता रहने पनि सो परिषदले जनाएको छ ।जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button