
ललितपुर– मानिसले लगाउने लुगाले आराधना प्रतिको समर्पणलाई असर नगर्ने होसन्ना मण्डलीका पास्टर राजु सुन्दासले बताउनुभयो ।
विहिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेवक सुन्दासले नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा ‘प्रशंसा’ नामक नयाँ गीत समय सान्दर्भिक युवा पुस्ताको चाहना अनुसार युवा पूस्तालाई सुसमाचारले सुसज्जित बनाउन विशेष सहयोग गर्ने अभिप्रायले गित बजारमा ल्याएकोले गितमा लगाइएका पहिरनले भन्दा पनि परमेश्वरले मानिसको शुद्ध ह्दयबाट चढाएको आराधना र भक्ती चाहनुभएको बताए।
बुधवार काठमाण्डौँमा विमोचन गरिएको ‘प्रशंसा’ नामक नयाँ गीत नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि नेपाली बाइवलको भजनसंग्रह १०३ः १–५ बाट लिइएको हो ।
हाम्रो घर नेपालका अध्यक्ष देवीसरा वादी (हन्ना)ले यस गितले ह्दयका गहिराईमा इश्र्वरप्रतिको प्रेम, आदर सम्मान र भक्तिभावलाई सम्बोधन गरेकोले आफू पनि यस गितबाट आशिषित महशुस गरेको बताउनुभयो । उहाँले विशेषत गित युवाहरुको लागि केन्द्रीत रहेकोले सबै किसिमका युवाहरुलाई चर्चमा ल्याउन शिक्षा दिक्षा दिन नेपाली चर्च पछि पर्न नहुने बताए ।
प्रशंसा गर्नु भनेको हृदयको गहिराई अन्तरआत्मा देखि प्रभुप्रतिको आदर गर्नुभएकोले यस भक्तिपूर्ण गितद्वारा नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि उपयुक्त रहेको निर्माता पास्टर सुन्दासले बताउनुभयो ।
गायिका ममता गुरुङको सुमधुर स्वर रहेको गित प्रशंसामा शब्द तथा संगीत लेभेन्डर प्रि स्कुलका प्रिन्सिपल लिडिया लामाको रहेको छ भने उदयराज पौडेलले गीतलाई एरेन्ज गरेका हुन् ।



