
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित बुद्धचित्तको मालाको रुख काटेको घटनाका विषयमा नेकपा((माओवादी)ले रुख कटानको जिम्मेवारी लिएको छ ।नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का महासचिव महाबिरको हस्ताक्षर भएको विज्ञप्ति मार्फत सो पार्टीले जिम्मेवारी लिएको हो । सो पार्टीका महासचिव महाबिरका नाममा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार चैत्र २९ गते आफ्नो पार्टीको नेतृत्वमा रुख कटान भएको बताइएको छ ।




