मूल खबर

आठ जना भारतीयविरुद्ध मुद्दा

काठमाडौँ। अमेरिका पठाउने प्रलोभनमा पारी भारतबाट काठमाडौँ ल्याई बन्धक बनाएर फिरौती माग्ने आठ जना भारतीय नागरिकलाई प्रहरीले अपहरण तथा शरीर बन्धक तथा सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता गर्ने सिफारिससहितको प्रतिवेदन दिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले भारतीय नागरिक अब्दुल रहिम, चरणजित सिंह, निपुन गुप्ता, रामचन्द्र शर्मा, इन्द्र भन्ने हिन्दुसिंह यादव, अशोक कुमार, रवि मेवाडे र मनिषकुमार मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सिफारिससहितको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले २०८० फागुन २ गते बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई रातो पुलस्थित धोबीखोला कोरिडोर नजिकैको एकबाट सकुशल उद्धार गरेको थियो। पीडितले आफूहरूलाई भारतबाट काठमाडौँ हुँदै युएई–ब्राजिल­­­–मेक्सिको हुँदै अमेरिका पुर्‍याएर कामदार भिसा दिलाउने प्रलोभनमा पारी बन्धक बनाएको बताएको प्रहरीले जनाएको छ।

परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार बन्धक बनाइएका भारतीयलाई गिरोहले काठमाडौँमा बन्धक बनाई फोटो र भिडियो खिचेर मेक्सिकोमा रहेको भन्दै परिवारबाट रकम असुली गरेको थियो । यसका प्रमुख योजनाकार इन्दुसिंह यादव लामो समयदेखि नेपालका विभिन्न गार्मेन्ट उद्योगमा काम गर्ने गरेको र उनले चिनजानका व्यक्तिलाई प्रयोग गरेर भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button