स्वास्थ्य

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई खुवाइने जानकारी दिनुभयो । यस्तै जुकाको औषधी एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन लागिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ३२ लाख बालबालिकालाई खुवाइने छ भने जुकाको औषधी २९ लाख बालबालिकालाई खुवाउने लक्ष्य छ । भिटामिन ‘ए’ कार्यक्रमका लागि ५५ हजार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहने छ ।

सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ खुवाउँदै आएको छ । २०५६ सालदेखि जुकाको औषधी नियमित खुवाउन थालिको हो ।गोरखापत्र अनलाइन

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button