खेलकुद

उसुमा बागमती र कबड्डीमा सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडाैं । वागमती प्रदेश राष्ट्रपति रनिङ सिल्डको उसुमा टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगितामा वागमतीले पाँच स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जित्यो । सुदूरपश्चिम दोस्रो र कोशी प्रदेश तेस्रो भए । सुदूरपश्चिमले पाँच स्वर्ण, तीन रजत र तीन काँस्य जित्यो । कोशीले समान दुई स्वर्ण र कांस्य हात पार्यो ।

उसुमा कुल १२ स्वर्णका लागि प्रतिष्पर्धा भएको थियो । तीमध्ये अन्तिम दिन ८ स्वर्णको टुंगो लागेको हो । बिहीवार सान्सौंको छात्र ४२ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी र ४५ केजीमा सुदूरपश्चिमका मोहन विष्टले स्वर्ण पदक जिते ।

छात्रकै ४८ केजीमा वागमतीका अरुण सुनार स्वर्ण पदक प्राप्त गर्न सफल भए । सान्सौंकै छात्रा ४२ केजीमा सुदूरपश्चिमकी दिक्षा साउद, ४५ केजीमा सुदूरपश्चिमकी सपना कार्की र ४८ केजीमा कोशीकी सरु राई पहिलो भए । छाङछ्वानको पुरुषमा बागमतीका हिमान्शु खड्का तथा महिलामा सुदूरपश्चिमकी दिपिका चौधरीले शीर्ष स्थान हात पारे ।

कबड्डीः सुदूरपश्चिमलाई दोहोरो उपाधि
सुदूरपश्चिम प्रदेशले १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा दोहोरो उपाधि जित्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न प्रतिष्पर्धामा सुदूरपश्चिम छात्र÷छात्रा दुवैमा स्वर्ण जित्न सफल भएको हो ।

छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२–२६ ले पराजित गर्यो । लुम्बिनी र मधेसले कांँस्य पदक जिते । छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले पनि लुम्बिनीलाई ४०–२७ ले हरायो । कर्णाली र बागमती तेस्रो भए ।जनता समाचार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button