खेलकुदहेड लाइन

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् । बुधबार समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो ।

समुह ए बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

आज हुने पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजेदेखि शुरु हुने छ ।नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् ।

यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म ९ टी२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल अपराहन्न ४ः१५ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् ।हिमालय टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button