खबरहेड लाइन

फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, लागत बढेको छैन : प्रधान सेनापति

काठमाडाैं । प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराई/मधेस द्रुतमार्गको लागत हालसम्म नबढेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले काठमाडौं–तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताउनुभएको हो ।

उहाँले अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो । उहाँले फास्ट ट्रयाक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको भन्दै सो प्रचारमा सत्यता नभएको बताउनुभयो । उहाँले हालसम्म निर्धारित बजेट भित्रैबाट काम भइरहेको भन्दै कुनैपनि लागत नबढेको बताउनुभयो । उहाँले तोकिएकै बजेट भित्र रहेको र तोकिएकै समयभित्र रहेको भन्दै निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क रहेको बताउनुभयो ।

प्रधान सेनापति शर्माले काठमाडौं–तराई/मधेस द्रुतमार्गको हालसम्मको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको बताउनुभयो । उहाँले आयोजनाको वित्तीय प्रगति भने ३३ प्रतिशत पुगेको जानकारी दिनुभयो ।जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button