विचारहेडलाईन

पुर्वाधार निर्माण आवश्यकताका आधारमा गर्ने कि ?

 

गोविन्द न्यौपाने

सड्कका दुवै तर्फका रुखहरु धमाधम काटिदैछन । जे.सि.बी. लगायतका ठुलाटुला निर्माण उपकरणहरु देखि टेक्टरहरु समेत काटिएका रुखका भागहरु किनारा लगाउन क्रियाशिल छन । सड्क आसपासमा वस्ने मानिसहरु दाउराको जोहो गर्नका लागि रुखका हाँगाहरु संकलन गर्न तछाड मछाड गरीरहेका छन। सड्कको दुवै तर्फ फराकिलो वनाउने कार्यका लागि माटो भरिदैछ । विगतमा भएका सड्क पुलको उत्तर दक्षिण फेरी अर्को पुल निर्माण गर्न ठुला ठुला मेसिन उपकरणकहरु लगातार चलाइएको छ । विगतमा यात्रा गर्दाको भन्दा फरक दृश्य भएका कारण हुन सक्छ कि यात्रा गर्दा कहाँ जाँदैछु भन्ने यकिन नहुने खालको भ्रम समेत उत्पन्न हुने गरेको छ ।
उल्लेखित विवरण आज भन्दा करिव ६० वर्ष अघि निर्माण सुरु भएको महेन्द्र राजमार्ग अहिले एसीयन हाइवे को रुपमा निर्माण हुदै गर्दाको हो । यस सड्कले पुर्व पस्चिमलाई जोडने काम गरेको मात्रै नभइ यही सड्क भएर भारतका उत्तरपुर्वी राज्य तथा उत्तर पस्चिम राज्यहरु जहाँ नेपालीहरुको वसोवास रहेको क्षेत्रको यात्रा सहज वनाएको छ ।

विनास पछि नै निर्माण हुने हो । अबका केही वर्षमा यो सड्कको निर्माण सम्पन्न हुनेछ । आम मानिसहरुले आशा गरे जस्तो यो सड्क नेपालीहरुका लागि भाग्य र भविश्यको रुपमा हुने छ या हाम्रा उत्पादन हरु विस्थापति हुने र विदेशी उत्पादनहरु नेपाली वजारमा आउने वाटो मात्रै हुनेछ यो पनि भविश्यमा देखिनै नै छ । सड्कमा यात्रा गर्दा सुनिने चराहरुका आवाजहरु हराएका छन । रुख लाई प्राकृति आवाशको रुपमा प्रयोग गरेका चराहरुको वासस्थान हराएको छ । सड्क किनारामा अजिगरहरु फेला पर्न थालेका छन ।

नेपाल सड्क र यातायातको विस्तारमा वढो उत्साहपूर्वक लागेको छ । पुर्व पस्चिम जोड्ने साविक महेन्द्र राजमार्ग स्तरोन्नती हुदैछ भने ,यसैको उत्तरमा मध्य पहाडी लोकमार्ग र दक्षिणमा हुलाकी राजमार्गका नाममा सड्कहरु निर्माण हुदैछन। त्यस्तै निजगढ काठमाण्डौं फास्टट्रयाक समेत निर्माणाधिन छ । यातायात र यात्रुको सहजताका लागि ठाउँठाउँमा सुरुङ्ग मार्गहरु समेत वन्दैछन । पूर्वपस्चिम लोकमार्ग सँग जोड्ने उत्तर दक्षिका सड्कहरु समेत निर्माण र स्तरोन्नती हुदैछन ।

सड्क पुर्वाधार अनेकन हिसावले उपयोगी हुने हुन्छ । विशेषत उत्पादन भएका वस्तुको सहज वजारीकरणमा सड्कले महत्वपूर्ण भुमिका खेल्दछ । सड्ककै कारण मुस्ताङ्गको स्याउ तराईका वजारमा आउने गरेका छ । जसका कारण स्याउ उत्पादक कृषकहरुले वजार पाएका छन भने उपभोक्ताहरुले सहज ढुवानीका कारण सुफथ मुल्यमा उपभोग गर्न पाएका छन ।

नेपालमा सम्पन्न हुन लागेका अन्य २ ठुला सड्क हुलाकी राजमार्ग तराई र मध्य पहाडी लोकमार्ग र यो एसियन हााइवे गरि ३ ठुला सड्कहरुले भविश्यमा नेपाल र नेपालीहरुका लागि कस्तो भाग्य र भविश्यको निर्माण गर्नेहुन त्यो भने अहिले नै भन्न सकिन्न । तर यो भन्न कठिन छैन कि सड्क आसपासमा पहाडी क्षेत्रवाट वसाइ सराइ गर्नेहरुको भिड भने पक्कै लाग्नेछ । यसै गरि यात्रुको संख्या नभएपनि सड्कमा नयाँ नयाँ सवारी साधनहरु गुड्ने नै छन । हाम्रो आफ्नै यातायातका साधन उत्पादन गर्ने अवस्था नबनी सकेको अवस्थामा सवारी साधन र तीनका पाटपुर्जाहरु आयात हुने नै छन । यति सम्म कि सवारी साधन निर्माण गर्ने ग्यारेजहरुमा काम गर्ने कामदार समेत छिमेकी देशवाट आउने नै छन ।
यति मात्रै नभइ नेपाली उत्पादनहरु अव अन्य देशका उत्पादनहरु सँग वजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले हाम्रा वस्तु उत्पादन गर्ने उद्योगहरु धरासायी हुनेछन । हामीले हाम्रो प्रविधिको विकास गर्न नसकेको कारणले उद्योगका लागि आवश्यक कच्चा पदार्थहरु र श्रम शक्ति समेत निर्यात हुनेछ भने विदेशी वस्तुको सहज आपुर्तिका कारण हामी अझै वढी उपभोक्तवादी हुनेछौं ।
हामीले हाम्रो आवश्यकताका आधारमा विकासका पुर्वाधारहरु निर्माण गर्नुपर्ने भएपनि विना परिणामको मुल्याकंन पुर्वाधार निर्माण गर्ने गरेका अनेकन उदाहरण हरु छन । शासकीय स्वरुपको पुर्नसंरचना पस्चात भएको निर्वाचन २०७४ पछाडी निर्वाचित जनप्रतिनिधिहरुले त अधिकाशं स्थानमा भिउ टावर निर्माणमा प्राथमिकता दिए । अहिले भिउटावर के कस्तो हालतमा गुज्रेका छन त्यसको लेखा जोखा नै छैन । वडा अध्यक्षहरु नै डोजर खरिद गर्ने र विकास निर्माणका कारण सड्कको ट्रयाक मात्रै भएपनि खोल्ने कार्य गरेका थिए । त्यस्तै भएका विमानस्थलहरु चलेका छैनन तर विमानस्थल निर्माणमा तिव्रता नै छ । हालै मात्र धरान नगरपालिकामा समेत विमानस्थल निर्माण गर्ने हल्ला चलेका छ जवकी धरानको अति नजिक विराटनगरमा पहिला देखि नै विमानस्थल संचालित छ । पोखरा र भैरहवामा निर्मित अन्तराष्ट्रिय विमानस्थलहरु संचालन खर्च समेत धान्न सक्ने अवस्थामा छैनन तर निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कुरा गरिदैछ ।

ठुला पुर्वाधार निर्माणमा निर्माण सामाग्रीको प्रयोगको मात्रा समेत ठुलो हुने भएकाले हाम्रा नदीजन्य सामाग्रीहरुको प्रयोग वढनेछ । जसका कारण पानीका श्रोत हरु सुक्ने साथै वाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिम वढने नै छ ।
उल्लेखित फाइदा र वेफाइदाका विच निर्माण हुन लागेको यो सड्क त अव ढिलो चाँडो निर्माण सम्पन्न हुने नै छ । तर आगामी दिनमा पुर्वाधारको निर्माण गर्दा हाम्रा आवश्यकताका आधारमा मात्रै गर्न सक्दा राम्रो होला भन्ने कामना मात्रै गर्न सकिन्छ । करिव ३ करोड जनसंख्या भएको देशमा कति मात्रामा सड्क चाहिने हो यसको समेत मूल्याकंन गर्ने विधि त होला नै । छिमेकी देश भारत जहाँ सवारी साधनको निर्माण गरिएपनि त्यहाँ आज भन्दा २० औं वर्ष पहिला देखिका सवारी साधनहरु चलेको पाइन्छ भने हाम्रोमा हरेक वर्ष ठुलो संख्यामा सवारी साधनहरु खरिद गरिन्छ । यात्रुको तुलनामा कति सवारी साधन आवश्यकता हुने हो भन्ने ख्यान नगर्ने र अर्वौ रुपैयाँ वर्षेनी सवारी साधनको आयातमा खर्चिने हो भने हाम्रो आर्थिक अवस्थाले हामीलाई साथ दिदैन भन्ने हेक्का राख्न जरुरी देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button