मूल खबरहेड लाइन

कक्षा १२ की परीक्षार्थीमाथि गोली प्रहार

काठमाडौँ।

झापाको दमकमा कक्षा १२ की एक परीक्षार्थीमाथि गोली प्रहार भएको छ।

शुक्रबार स्थानीय हिमालय माध्यमिक विद्यालय दमकबाट १२ कक्षाको परीक्षा दिएर फर्किँदै गर्दा एनिका अधिकारीमाथि गोली हानिएको हो ।

गोली लागेर घाइते भएकी उनको अहिले दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

गोली हान्ने व्यक्ति भागिसकेको र गोली किन र केका लागि हानियो भन्ने खुलीनसकेको प्रहरीको भनाइ छ।

फरार व्यक्तिको खोजीलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button