खेलकुद

आईपीएल : राजस्थानमाथि दिल्ली २० रनले विजयी

काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको हो।

दिल्लीले दिएको २२२ रनको लक्ष्य पछाएको राजस्थान रोयल्सले २० ओभरमा ८ विकेट गुमाउदै २०१ रन मात्र बनाएको थियो। यस अघि पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २२१ रन बनाएको थियो।

यो जितपछि दिल्लीको १२ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ। त्यस्तै राजस्थानको भने ११ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button