खबर

आज देशभर कहाँको मौसम कस्तो?

काठमाडौं। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी, वाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्या्ङ्ग हावाहुरी सहित हल्का वर्षा भैरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। आज गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै, राती कोशी र बाग्मती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी र बागमती प्रदेशको थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button