मूल खबर

झापा मेचीनगरको सुकेनिन्दा खोला किनारमा जंगली हात्ती मृत फेला

मेचीनगर । झापाको मेचीनगर नगरपालिका ३स्थित सुकेनिन्दा खोलाको किनारमा जंगली हात्ती मृत फेला परेको छ ।

अन्दाजी ९–१० बर्षको भाले हात्ती मृत अवस्थामा फेला परेको हो । स्थानीयले बिहान ७ः३० बजे खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षित राखेको छ । थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भद्रपुर र मेची सव–डिभिजन कार्यालय धाईजनबाट फिल्ड अफिसर कर्ण विश्वकर्मासहितको टोली पुगेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोष्टमार्टम तथा अन्य अनुसन्धानको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट बिशेषज्ञको टोली आउँदै गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button