मूल खबरहेड लाइन

रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन

काठमाडौं, पुस ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो ।

महासचिव पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ, “प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक ऐन बमोजिम थुनामा रहेकोमा थुनामा रहेको अवधिभर सो मुद्दाको किनारा नलागेसम्म निलम्बन भएको मानिनेछ ।”

लामिछानेविरुद्ध आइतवार मात्र जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button