मूल खबर

सशस्त्रका चार एसपी मुख्यालय तानिए

काठमाडौं ।

हेलो सरकार तथा जनस्तरबाट गुनासो आएपछि सशस्त्र प्रहरी बलले तराईमा कार्यरत ४ जिल्लाका एसपीहरूलाई प्रधान कार्याललय तानेर अनुसन्धान शुरू गरेको छ।

छानबिनमा तानिनेहरूमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी बिमल डाँगी छन्। गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिएको छ। बाँकी तीन एसपीहरू भने गत सोमबार हेडक्वाटर तानिएका हुन्।

उनीहरूमाथि केही बुझ्नुपर्ने भएकाले हेडक्वाटर झिकाइएको सशस्त्रका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले जानकारी दिनुभयो। ती चार जिल्लामा राजस्व संकलनमा गिरावट आएको र आर्थिक अनियमिता गरेको उजुरी परेपछि उनीहरू मुख्यालय तानिएको बताइएको छ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button