खबरस्वास्थ्य

मेची सामुदायिक अध्ययन केन्द्रको आयोजनामा आँखा शिविर

मेचीनगर । मेची सामुदायिक अध्ययन केन्द्र मेचीनगर ६ काकरभिट्टाको आयोजनामा एक दिवसीय आँखा शिविर सम्पन्न भएको छ । काकरभिट्टा आइ केयर सेन्टरको प्राविधिक सहयोग शिविर सम्पन्न भएको हो ।
मेचीनगर ७ स्थित सामुादायिक विद्यालय लक्ष्मी प्रा.वि. कालीखोलामा सम्पन्न सो शिविरमा १ सय १५ जनाको आँखा परिक्षण गरिएको थियो ।सो शिविरमा बालबालिकादेखि ७० वर्ष उमेर समूहको परिक्षण गरिएको संस्थाका सोमराज ढकालले बताए । ढकालका अनुसार
शिविरमा १ सय १५ जनाले नेत्र परिक्षण सम्वन्धि सेवा लिएका थिए । शिविरवाट मोतीया विन्दूका ७ जना सहित कुल ९ जनाको शल्य क्रिया गर्नुपर्ने देखिएको छ भने १ जनाको मासु पलाएको समस्याका लागि शल्यक्रिया गर्नुपर्ने भएको छ ।

सो शिविरमा १५ जनालाई चस्मा वितरण गरिएको थियो ।यसैगरि ३२ जनालाई औषधि वितरण गरिएको आयोजक मेची सामुदायिक अध्ययन
केन्द्रका अध्यक्ष ढकालले बताए ।यसै अवसरमा धुलावारी माध्यमिक विद्यालयको २०४९ सालको एस.एल.सि. समुहले ४५ जना
विद्यार्थीहरुलाई ट्रयाक सुट समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button