खबरहेड लाइन

लेखा समिति सभापतिका पूर्व स्वकीय सचिव पोखरेलविरुद्ध कारवाही सुरु

काठमाडौँ- उच्च अदालतको आदेशसँगै एमाले मोरङका सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव एमाले नेता अनिलकुमार पोखरेल विरुद्ध कारवाही सुरु गरेको छ ।

स्वकीय सचिव पोखरेल गत भदौमा उच्च अदालत विराटनगरले सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको थियो ।

उच्च अदालत विराटनगरले गत आइतबार मात्र फैसला कार्यान्वयनका लागि कारवाही अघि बढाउन आदेश गर्दै मोरङ प्रहरीलाई पत्रचार गरेको हो । उक्त पत्र जिल्ल प्रहरी कार्यालय प्राप्त भएसँगै उनिविरुद्को कारवाही सुरु भएको प्रहरीले जनाएको छ ।

वादी बौआलाल चौधरीकी छोरीको नाम एमबीबीएसको इन्ट्रान्समा निकालिदिन्छु र होस्टेलमा बस्ने व्यवस्था मिलाइदिन्छु भनेर अनिलकुमार पोखरेलले ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको भन्दै अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ ।

‘पोखरेलले मसँग भेटी मेरो छोरी दीक्षा चौधरीलाई उच्च शिक्षा एमबीबीएस पढाउन, मेरो पहुँच माथिसम्म पावर छ, म तपाईंको छोरीलाई एमबीबीएस डाक्टरी पढाउन नाम निकाल्न, होस्टलमा राख्नसमेत वातावरण बनाइदिन्छु भनी आश्वासन दिई तपाईंको छोरी डाक्टर बनिहाल्छिन तपाईंले सो वापत मैले भनेजति रुपैयाँ दिनुपर्छ तर तपाईंले केही गर्नुपर्दैन भन्दै विश्वासमा पारी पटकपटक गरी जम्मा ३८ लाख ८० हजार मैले दिएको हो,’ बौआलालले अदालतमा दायर गरेको निवेदनमा भनिएको छ ।

चौधरीले सुरुमा इलाका प्रहरी कार्यालय रंगेली र पछि हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिए पनि प्रहरीले दर्ताको चासो नदिएपछि चौधरीले अदालतमा रिट लिएर पुग्नु भएको थियो ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button