कला

‘लाज शरणम्’ को टिजर सार्वजनिक

काठमाडौँ, माघ १८ गते । चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस् भनेर बुवाले गरेको कामनासँगै टिजर सुरु हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको कथा टिजरमा देख्न सकिन्छ ।

चलचित्रमा सीताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बू, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी’ कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय देख्न सकिन्छ । फागुन १४ गते महाशिवरात्रिका दिन प्रदर्शनमा आउने चलचित्रलाई कुमार कट्टेल ‘जिग्री ब्रो’ ले निर्देशन गर्नुभएको हो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button