भिडियो चौतारी

भवन नबन्दा खुला चौरमा पढ्छन् विद्यार्थी

खुला चौरमा बसेर पढ्दै विद्यार्थी

भावना जोशी

अत्तरिया , चैत्र ९ गते। डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका ५ मा रहेको नव प्रभात आधारभूत विद्यालयमा विद्यार्थीहरु लामो समयदेखि खुला चौरमा पढदै आएका छन्। विद्यालयमा कक्षा कोठाको अभाव भएपछि विद्यार्थीलाई नजिकै रहेको मालिका मन्दिरको प्रागणमा अध्यापन गराउनु परेको विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले जानकारी दिनुभयो।

२०४५ सालमा स्थापना भएपनि हालसम्म विद्यालयमा आवश्यकता अनुसार भवन नभएको जोशीले बताउनु भयो । ९२ विद्यार्थी संख्या रहेकोे उक्त विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म पढाइहुने गरेको छ।

२०७९ साल कार्तिक २३ गते आएको भूकम्पले भवनमा क्षति गरेको छ जाडोको मौममा खुला आकासमा धेरै चिसो हुन्छ, वर्षाको समयमा कोठामा पानी भरिएर बस्नै नसक्ने अवस्था बन्दै आएको छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button