खबरहेड लाइन

मेचीनगरमा आदिवासी जनजाति तेस्रो बृहत् साँस्कृतिक महोत्सव

मेचीनगर । / प्रतिनिधि सभाका उप- सभामुख इन्दिरा राना मगरले सबै जात – जातीले अधिकार प्राप्तिका लागि निरन्तर लाग्न आग्रह गर्नु भएकाे छ । झापाकाे मेचीनगरमा आदिवासी जनजाति तेस्रो बृहत् साँस्कृतिक महोत्सवमा राना मगरले सबै जात- जातीकाे भावनाकाे कदर गर्न सक्नु पर्नेमा जाेड दिनु भयाे ।

आदिवासी जनजाति महासंघ मेचीनगर समितिले आयोजना गरेकाे साँस्कृतिक महोत्सवकाे प्रमख अतिथि उप- सभामुख इन्दिरा राना मगरले शान्तिकाे प्रतिक परेवा उडाएर समदघाटन गर्नु भएकाे हाे । मेचीनगरका १८ जातजातिको साँस्कृतिक पहिचान सहितकाे संस्कृतिक प्रस्तुती रहकाे छ। १८ भन्दा बढी स्टल रहेका छन। ‘त्यस बाहेक पनि आदिवासी जनजातिसंग सम्बन्धीत विभिन्न स्टलहरु रहेका छन्। तेस्तै, बिशिस्ट अतिथि मेचीनगरका उप- प्रमुख मिना उप्रेतीले संबिधानले दिएकाे अधिकार भित्र रहेर सबै जातजातिकाे धर्म संस्कृतिलाई संरक्षण गर्न स्थानिय तह तयार रहेकाे बताइत्। कार्यक्रम चैत २७ गते आज सुरु भएकाे महत्सव वैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सव निर्देशक समितिका संयोजक केवलराम राईले जानकारी गराए।


महोत्सव सफलता पुर्ण ढङ्गबाट सम्पनन गर्न लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेकाे छ ।
महोत्सवमा आदिवासी जनजातिको भेषभुषादेखि खाना र अन्य साँस्कृतिक प्रस्तुती रहेकाे छ । साेही अवसरमा बिगत देखि नै महाेत्सव सफल पार्न महत्वपूर्ण याेगदान पुर्याउदै आएका समाज सेवी गंगालाल गुरूङ सम्मान गरियाे छ । महाेत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको समेत प्रस्तुती रहने छ। महोत्सवमा करीब ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । गेटपासबाट भाग्यशाली दर्शकले स्कुटी, ल्यापटप, वासिङ मेशिन र मोबाईल उपहार पाउँने छन।
महाेत्सवमा धिमाल, मुन्डा , शेर्पा, राई, तामाङ ,माझी, किसान,मेचे ,भुजेल ,थामी,नेवार,, राजवंशी लगाएतका जात – जातीहरूकाे खानपान सहित आ- आफ्नाे जातीय संस्कृति झल्काइएकाे छ। उद्घाटन कार्यक्रममा बन्दनकुमार मुण्डा , बालाजित राई, जातिय
आदिवासी जनजाति महासंघ मेचीनगर समितिका अध्यक्ष राम बहादुर वाइवाको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे ओंचित्य माथी महाेत्सवका संयाजक केवलराम राइले प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button