खबर

काजीमानको सामाजिक कर्मका लागि केन्द्रले दियो धन्यवाद

मेचीनगर । झापाको मेचीनगर नगरपालिका ७ मा रहेको जागृत उद्दार बाल केन्द्रका बालबालिकाहरुलाई काजीमान विश्वकर्माले अध्ययनका लागि सहयोग गरेकाछन् ।जागृत बाल उद्दार केन्द्रका कोषाध्यक्ष भवानी महतका अनुसार मेचीनगर ६ काँकरभिट्टाका विश्वकर्माले उद्दार केन्द्रमा आश्रित १३ जना बालबालिकालाई बिध्यालय भर्नाका लागि सहयोग गरेकाहुन् । उद्दार केन्द्रमा रहेर काँकरभिट्टा माविमा विभिन्न तहमा अध्ययन गरिरहका नानीहरुलाई उनले नयाँ शैक्षिक शत्रको अध्ययनका लागि (नाम लेख्न) चाहिने आर्थीक सहयोग गरेकाहुन् । बालबालिकाको अध्ययनका लागि सहयोग गरेकामा उद्दार केन्द्रले समेत विश्वकर्मालाई धन्यवाद दिएको छ । आगामी दिनमा समेत उद्दार केन्द्रमा आश्रित बालबालिकालाई आफुले सक्ने सहयोग गर्दै जाने विश्वकर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button