
मेचीनगर । बाहुण्डाँगी क्षेत्रका हात्ती पिडित जनताले मेचीनगर नगरपालिकामा १५ बुँदे माग सहित ध्यानाकर्षण पत्र बुझाएकाछन् । आफ्ना मागहरु सहितको नारावाजी गर्दै गएका उनीहरुले मेचीनगर नगरपालिका उप प्रमुख मिना पोखरेल(उप्रेती)लाई ध्यानाकर्षण पत्र बुझाएका थिए । हात्ती पिडित युवा समुहको नेतृत्वमा सो क्षेत्रका किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुले नगरपालिका परिसरमा आफ्ना माग सहित केहीबेर नारा समेत लगाएका थिए ।



