खेलकुद

भोलिबाट धुलाबारीमा ‘प्रथम मेचीनगर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता’

धुलाबारी । पासाङ ल्हामू ब्याडमिन्टन क्लब मेचीनगर–१० को आयोजनामा भोलि (शुक्रबार) बाट धुलाबारीमा ‘प्रथम मेचीनगर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
‘खेल खेलौं, स्वस्थ बनौं’ भन्ने उदेश्यका साथ दुई दिने उक्त प्रतियोगिता टाउन हलमा हुँदैछ । क्लवका अध्यक्ष कमल कुमार राउतका अनुसार प्रतियोगितामा मेचीनगरका विभिन्न वडाबाट १८ वटा टिम (सिनियर) सहभागी हुँदैछन् । प्रतियोगितामा ५ वटा जुनियर टिमको पनि प्रतिस्पर्धा हुने खेल संयोजक विष्णु तामाङले बताए । जुनियरतर्फका विजेतालाई पनि पुरस्कार तथा ट्रफी र प्रमाणपत्र वितरण गरिने बताइएको छ ।
प्रतियोगितामा सिनियरतर्फ प्रथम हुनेले ११ हजार नगदसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले नगद पाँच हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा भाग लिन मेचीनगरबासी र कर्मचारी हुनुपर्ने नियम राखिएको छ । प्रतियोगिता ब्याडमिन्टनको अन्तर्रष्ट्रिय नियम अनुसार नै खेलाइने आयोजक समितिका सचिव युवराज चुडालले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजक वडा नं १० को कार्यालय रहेको भने वडा नं ९ ले सहप्रायोजन गरेको छ । प्रतियोगिताको सहयोगी संस्थामा राष्ट्रिय वाणिज्य बंैक धुलाबारी शाखा, नेपाल बैंक धुलाबारी शाखा, ग्लोबल आइएमई बैंक धुलाबारी शाखा रहेका छन् । धुलाबारीको हलेसी मेडिकल हल मेडिकल पार्टनरमा रहेको छ ।
दुई दिने प्रतियोगिताको उद्घाटन शुक्रबार बिहान ७ बजे सुरु हुने र समापन शनिबार हुनेछ । प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गराउन आयोजक समितिले तयारी पूरा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button