कला

दशैंमा हाँसो र आशु मिसाउँदै हरिबहादुरको जुत्ता

दशैंको अवसर पारेर ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य अभिनीत फिल्म हरिबहादुरको जुत्ता आगामी असोज १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

फिल्ममा हरिवंश आचार्यले टेलिभिजनमा लोकप्रिय हरिबहादुर पात्रलाई फरक रूपमा प्रस्तुत गरेका छन्। टिजर हेर्दा सिरियलमा चोर–ठगको रूपमा मात्र चिनिने हरिबहादुरलाई यसपालि भावुक र कारुणिक यात्रामा समेत देखिएको छ। निर्देशक दीपेन्द्र के. खनालले हास्यसगै करुणा र भावनालाई पनि जोड्न खोजेको आभास टिजरले दिन्छ।

फिल्ममा प्रियंका कार्की (प्रहरी भूमिकामा), स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफले, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ। साथै किरण केसी, बेगम नेपाली, प्रभाकर न्यौपाने, रोशनी (अम्बिका) सापकोटा, पार्वतीकुमारी भण्डारी, मोहितवंश आचार्य, तारा शर्मा, निर्मल शर्मा, अंशु महर्जन, सपना श्रेष्ठ, नरेन्द्र कंसाकार, मुकुन्द अधिकारीलगायत पनि छन्।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कथा र पटकथा स्वयं हरिवंश आचार्यको रहेको छ। संगीत वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत, स्वर आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाई, कोरियोग्राफी किरण थापा, विक्रम स्वाँर र मौसम हिमाली, छायाँकन कृष्णबहादुर थापा र सम्पादन नकुल खड्काको रहेको फिल्मको यसअघि सार्वजनिक फस्ट लुक पोस्टरमा हरिवंश आचार्यलाई एक्लै प्रस्तुत गरिएको छ। यसले फिल्ममा उनको भूमिकाको गम्भीरता झल्काउँछ। हरिबहादुर पात्र नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय छ। यही पात्रलाई झल्को दिने पोष्टर सार्वजनिक गरिएको हो।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button