खबरमूल खबर

भागेका कैदीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

फाइल तस्बिर

काठमाडौँ, भदौ २६ गते । नेपाल प्रहरी प्रधान कार्यालयले आन्दोलनका क्रममा हिरासतमा रहेका अभियुक्त र अदालतबाट तोकिएको सजाय भुक्तान नगरी कारागारबाट भागेका अभियुक्त र बन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । विज्ञप्ति सार्वजनिक गर्दै प्रहरी महानिरीक्षकको सचिवालयले यस्तो अनुरोध गरेको हो ।

महानिरीक्षकको सचिवालयले भनेको छ, ‘अनुसन्धानकाक्रममा हिरासतमा रहेका अभियुक्त र कैदी बन्दीलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी एकाइ वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयमा समेत यथाश्रीघ सम्पर्कमा आउनुहुन अनुरोध गरिएको छ।’गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button