
शरद भेषावकर । फाइल तस्बिर
काठमाडौँ, कात्तिक २ गते। नेपाल क्रिकेट संघ (क्यान)ले हङकङ सिक्सेसका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ।
क्यानले आइतबार शरद भेषावकरको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो।
क्रिकेट हङकङ चाइनाको आयोजनामा हङकङमा हुने प्रतियोगिताका लागि टिम घोषणा भएको हो । क्यानका अनुसार यो प्रतियोगिताको नेतृत्व गरेसँगै भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्नुहुने भएको छ ।
हङकङ सिक्सेस खेल्ने नेपाली टिममा सन्दीप जोरा, लोकेश बम, बसिर अहमेद, आदिल आलम, रशिद खान र रुपेश सिंह समेटिनुभएको छ।हङकङ सिक्सेस नोभेम्बर ७ देखि ९ सम्म हुँदैछ।गोरखापत्र अनलाइन