
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई सिरिजमा नेपालले लगातार तेस्रो पराजय भोगेको छ।
सिरिजको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो।
२ सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमै जित हात पारेको हो।
अमेरिकाका लागि साइतेजा मुक्कमल्लले ७५ रन र मिलिन्द कुमारले ७० रनको योगदान दिए। नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७१ रनमा समेटिएको थियो।
नेपालका तर्फबाट दीपेन्द्र सिंह ऐरीले ७५, करण केसीले ४९, कुशल भुर्तेलले ४७ र भीम सार्कीले ४३ रनको योगदान दिए।
अमेरिकाका हरमित सिंहले ३ विकेट लिए भने सौरभ नेत्रावल्कर र नोस्टुस केनले समान २–२ विकेट झारे।
यसअघि नेपाल युएई र अमेरिकासँगै पनि हार व्यहोरेको थियो। अब नेपालले आफ्नो चौथो खेल बुधबार युएईविरुद्ध खेल्नेछ।
लगातार हारसँगै नेपाल अंक तालिकामा पछाडि धकेलिएको छ।हिमालय टाइम्स



