खबर

इमोमार्फत ठगी गर्ने ३ पक्राउ

न्युज अफ नेपाल, विराटनगर ।

मोरङ प्रहरीले इमोमार्फत चिठा पर्‍यो भन्दै ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका –३ का ३५ वर्षिय विशाल भनिने निरांजनप्रसाद आचार्य, खोटाङको जन्तेढुङ्गा गाउँपालिका –४ का २० वर्षिय देवी चौलागाई र सोही ठाउँका २२ वर्षिय शिवजी खड्कालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीले तीनै जनालाई विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहलाई जिल्ला अदालत मोरङमा आजै म्याथ थप गरि अनुसन्धान गर्दै आएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका गिरोहले अहिलेसम्म साढे पाँच लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाई छ ।

‘पक्राउ परेका ठगी धन्दामा लागेका गिरोहबाट ठूलो संख्यामा विभिन्न बैंकका एटिएम कार्ड, बैंकका पैसाँ जम्मा गरेको भौचरहरू फेला परेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भन्नुभयो, ‘यो समूहले लाखौं रुपैयाँ सर्वसाधरणको ठगी गरेको हुनसक्ने प्रमाणहरू फेला परेको छ । अहिले अनुसन्धानको क्रममा रहेको पछि खुल्दै जानेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button