
एजेन्सी, मुम्बई
बलिउड अभिनेत्री तनुश्री दत्ताले चर्चित अभिनेता नाना पाटेकरको विरुद्धमा गरिएको सेक्सुअल ह्यारेसमेन्टको मुद्धामा १७ जनवरीबाट अदालतमा सुनवाई सुरु हुँदैछ । यसका लागि तनुश्री अमेरिकाबाट मुम्बई फर्किसकेकी छन् । मुम्बई ओर्लिएसँगै उनले नानालाई शान्तिसँग बाँच्न र मर्न नदिने बताएकी छन् । एकपछि अर्को केस खुलाउँदै जाने उनी बताउँछिन् ।
अभिनेत्री तनुश्रीले सञ्चारकर्मीसँग कुराकानी गर्दै भनेकी छन्, ‘म कुनै हालतमा छाड्दिनँ । केसमाथि केस खुलाउँदै जान्छु । अदालतको चक्कर लगाउँदा लगाउँदै नाना थाक्छन्, बुढो हुन्छन् तर म उसलाई शान्तिसँग न बाँच्न न मर्न नै दिन्छु ।’ सेक्सुअल ह्यारेसमेन्टको मामलामा १७ जनवरीमा तनुश्री आफ्नो केस लिएर अदालतमा हाजिर हुनेछिन् र आफ्नो पक्ष राख्नेछिन् ।
तनुश्री दत्ता अगाडि भन्छिन्, ‘यिनीहरुले मेरो करिअर खराब गरेँ । त्यसैले जबसम्म उनीहरुलाई सजाय मिल्दैन तबसम्म छाड्दिनँ । म एक सानो शहरबाट बलिउडमा आएको थिएँ । बलिउड मेरो सपना थियो, दुनियाँ थियो । यहाँ मलाई काम दिनका लागि मेरो कोही गड फादर, ग्रान्ड फादर वा ब्वाईफ्रेण्ड थिएन । कडा मिहिनेतबाट आफ्नो सानो स्थान बनाएको थिएँ ।’
फिल्म राम्रो पाइरहेको समयमा चार/पाँच वर्ष काम गरेपछि विवाह गरेर घरजम बसाउने अभिनेत्री तनुश्रीले सोच बनाएकी थिइन् । तर, यी आरोपले आफ्नो बदनाम भएको र अहिले कसैले आफूलाई फिल्ममा अफर गर्ने नगरेको उनको गुनासो छ । ‘म लड्दा लड्दै थाकिसकेको छु तर कुनै पनि हालतमा यो केस फिर्ता लिन्नँ । नानालाई सजाय दिलाएरै छाड्छु ।,’ उनले भनिन् ।flmykhabar



