खबर

विप्लव समूहका दाङ सेक्रेटरी ईश्वरी पाण्डे पक्राउ

दाङ, २८ पुस । सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सेक्रेटरी ईश्वरी पाण्डेलाई पहरीले पक्राउ गरेको छ । पाण्डेलाई सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं ९ शिवपुर गहतेबाट पक्राउ गरको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएका प्रहरीले पाण्डेलाई पक्राउ गरेका हुन् । प्रहरीका अनुसार असोज महिनामा राजपुर गाउँपालिकाबाट २१ जना नेता कार्यकर्ता पक्राउ परेपछि पाण्डेले जिल्लामा विप्लवको गतिविधि सञ्चालन गर्दै आएका थिए।
‘पाण्डेले व्यापारी तथा विभिन्न संघसंस्थालाई थर्काउँदै चन्दा आतंक फैलाएको भन्ने गुनासो बढेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।jhilko.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button