खबर

नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्न भारत सकारात्मक

लामो समयदेखि रोकिएका नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको छ ।

हालै भारतमा सम्पन्न भएको नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपको बैठकमा भारतीय पक्ष यस विषयमा सकारात्मक भएको हो ।

नेपालका तर्फबाट वार्ता टोली प्रमुख आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको जानकारी दिए ।  कारोबार दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button