खबर

सभामुख सापकोटालाई भेट्दै चिनियाँ राजदूत यान्छीले दिइन् बधाई

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई ज्ञापन गरेकी थिइन् । सभामुख सापकोटाले सोमबार बिहान पद तथा गोपनियताको सपथ लिएका थिए ।

आइतबार बसेको संसद बैठकमा सापकोटा निर्विरोध निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button