
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको रिजाल क्यानिङ एण्ड कम्पनीसँग सम्बन्धित सरकारी तथा सार्वजनिक जग्गा गैरकानुनी रूपमा सट्टापट्टा गरी बिक्री वितरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेस गरेको हो।
यस प्रकरणमा ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।
आखिर के हो जग्गा सट्टापट्टा प्रकरण? तत्कालीन माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले कस्तो निर्णय गरेको थियो? मिनेन्द्र रिजालको भूमिका के थियो? अख्तियारले किन यति ठूलो संख्यामा प्रतिवादी बनायो?
यी सबै विषयमा विस्तृत जानकारीका लागि भिडियो अन्तिमसम्म हेर्नुहोला।
भिडियो मन परे Like, Share र Subscribe गर्न नभुल्नुहोला।
नोट: मुद्दा दायर हुँदैमा कसुर प्रमाणित भएको मानिँदैन। अन्तिम फैसला अदालतबाट हुनेछ।



