मूल खबर

जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरुले फोटो तथा वृत्तचित्र प्रर्दशनी गरे

श्याम राना मगर/ जापान सम्बाददाता / जापानको मिए प्रान्तको योक्काइची शहरस्थित योक्काइची विश्वविद्यालयमा मिडिया र डियोग्राफी बिषयमा अध्ययनरत नेपाली बिद्यार्थीहरुले ४ बर्षे पढाईको अन्तिम चरणमा स्नातक थेसिसको रुपमा जनवरी २८ मा आफ्नै विश्वविद्यालयमा फोटो तथा वृत्तचित्र प्रर्दशनी गरेका छन ।

नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक सदस्य तथा फोटो पत्रकार समेत रहेका निशान रानाले नेपाल र जापानको विभिन्न ठाउँमा खिचेका प्राकृतिक सौन्दर्यताका साथै प्रकृतिको साहारामा बाच्ने जिबजन्तुका फोटाहरू प्रदर्शनीमा राखेका थिए । उक्त फोटो प्रर्दशनीमा नेपालको पोखराको डेविस फल्स (पातले छाँगो), माछापुछ्रे हिमालका साथै स्याङ्ग्जाका खहरे झर्ना लगाएतका फोटाहरू राखेका थिए भने जापानको केउतो, कानागवा, गिफु, आईची र मिए प्रान्तको बिभिन्न ठाउँमा खिचेका फोटो गरी २४ फोटो प्रर्दशनीमा राखेका थिए । बुझ्नलाई सजिलोको लागी फोटो क्याप्सन भने अँग्रेजी र जापानी भाषामा राखिएको थियो । उक्त प्रर्दशनीको अवलोकन पश्चात भने केही जापानी नागरिकहरु नेपाल घुम्न जाने रुचि गरेको थियो। मिडिया बिषयमा अध्ययनरन अर्का नेपाली बिद्यार्थी युबराज आचार्यले भने नेपाली विद्यार्थीहरुको जापान सपना ”जापन ड्रिम्स ”नामक, वृत्तचित्र, प्रस्तुत गरेका थिए । उक्त वृत्तचित्रमा नेपाली बिद्यार्थीहरुको जापान प्रतिको अपेक्षा, समस्या, संघर्ष र अवसर बारेको वास्तविक घटनाको चित्रण गरिएको थियो ।

अर्का बिद्यार्थी रबि गिरिले आफुँले राम्रो गरे जे पनि राम्रो गर्न सकिन्छ “दु युअर बेस्ट यु क्यान दु एनिथिङ नामक ”वृत्तचित्र, प्रस्तुत गरेका थिए । साथै मनमाया अधिकारी क्षेत्रीले भने नेपाल र जापानको प्रारम्भिक बाल बिकासको बारेको भिडियो प्रस्तुत गरेका थिए । त्यसैगरि श्रीलंकाका बिद्यार्थी आतोपात्तोउ पबित्राले महत्वपूर्ण कुरा हराउनु अगाडि “दाइजीना मोनो ओ उशिनाउ माएनी “ को ड्रामा भिडियो गरेका थिए साथै भियतनामका बिद्यार्थी कावो होप्पुले भने भियतनामको बांसुरी साओको धुनमा रमणिय शिन राखि भिडियो गरेका थिए साथै जापानी विद्यार्थीहरु हिनो कावोन, होनोका नोरो, यासुदा रीसा, हीरोसे मासानोरी, तानिदा आकाने, इकेदा इस्से, हासेगावा सोऊले पनि आ-आफ्ना प्रस्तुती दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button