
एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको निर्णायक गोलमा टोटेनहम हस्टपर एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्याम्पटनलाई रिप्ले खेलमा ३–२ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
पहिलो खेलमा यि दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । घरेलु मैदानमा बुधबार राति भएको खेलमा टोटेनहमको जितमा लुकास मौउरा र सानले गोल गर्दा एक गोल उपहार पाएको थियो । साउथह्याम्पटनका सेन लङ र ड्यानी इंग्सले गोल गरे ।
खेलको १२औं मिनेटमा ज्याक स्टेफेन्सको आत्मघाती गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो । टांगे एनडोम्बेलेको प्रहारलाई रोक्न खोज्दा स्टेफेनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ३४औं मिनेटमा सेन लङले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
७२औं मिनेटमा नाथन रेडमन्डको पासमा ड्यानी इंग्सले गोल गरेपछि साउथह्याम्पटनले खेलमा २–१ को अग्रता बनाएको थियो । ७८औं मिनेटमा लुकास मौउराले डेले अलीको पासमा गोल गरेपछि खेल २–२ गोलको रोमाञ्चक बराबरीको अवस्थामा पुगेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा ह्युङ मिन सनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई ३–२ को जित दिलाए ।
डेली अलीको पासमा बल बढाउन खोज्दा सनलाई पेनाल्टी बक्समा गोलरक्षक एनगस गनले लडाएपछि टोटेनहमले पेनाल्टीको अवसर पाएको थियो । जसलाई सनले सदुपयोग गरे । अब टोटेनहमले प्रि–क्वाटरफाइनलमा नर्विच सिटीको सामना गर्नेछ । नर्विचले बर्नलीलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।hamrokhelkud



