
एजेन्सी – पोल्यान्डका कप्तान तथा फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिख डिएफवी पोकल (जर्मन कप) को क्वाटरफाइनलमा पुग्न सफल भएको छ । घरेलु मैदानमा बायर्नले होफेनहाइनलाई ३–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।
बायर्नको जितमा लेवान्डोस्कीले दुई तथा थोमस मुलरले गोल गर्दा एक गोल उपहार पाएको थियो । होफेनहाइनका मुनास डाबुरले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा आठौं मिनेटमा जेरोमी बोएटिङको आत्मघाती गोलबाट घरेलु टोली खेलमा पछि परेको थियो । १३औं मिनेटमा बेन्जामिन हुब्नरले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।
२०औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । ३६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले पहिला हाफमा ३–१ को अग्रता बनायो । ८०औं मिनेटमा जोसवा किम्मिचको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेपछि बायर्नले खेलमा ४–१ को अग्रता बनायो । त्यसपछि होफेनहाइनले लगातार दुई गोल गरेपनि हार टार्न सकेन ।
८२औं मिनेटमा मुनास डाबुरले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मुनास डाबुरले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए । त्यसपछि थप गाल निस्कन नसक्दा बायर्न ४–३ ले विजयी हुदै क्वाटरफाइन्लमा पुग्न सफल भयो ।hamrokhelkud



