खबर

सिलगढ़ीमा विदेशी मुद्रासहित एकजना पक्राउ

सिलगढ़ीमा विदेशी मुद्रासहित एकजना पक्राउ

सिलगढ़ी: डीआरआई-ले सिलगढ़ी जक्शनबाट विदेशी मुद्रासहित एकजना व्यक्तिलाई पकेराउ गरेको छ। पक्रा पर्ने व्यक्ति कोलकाताको बेलघरिया निवासी प्रसेन भौमिकको रूपमा चिन्हित गरेको छ। आज पक्रा परेका आरोपीलाई सिलगढ़ी अदालतमा पेश गरियो। सूत्रले दिएको जानकारी अनुसार गोप्य सूत्रको आधारमा डीआरआईले बुधवार राति सिलगढी जंक्शनमा कञ्चनजङ्घा एक्सप्रेस रेलमा अभियान चलाएर प्रसेन भौमिकलाई पक्राउ गरेको छ। तिनीबाट एक लाख 12 हजार 100 यूएस डलर(अमेरिकाको डलर) उद्धार गरेको बताइको छ। डीआरआई सूत्र अनुसार विदेशी मुद्रालाई कोलकाताबाट जयगाउँमा तस्करीको लागि लगिरहेका थिए।

जङ्गलमा मरेको हात्ती उद्धार

अलीपुरद्वार: वनकर्मीहरूले अलीपुरद्वार जिल्लाको मदारीहाट-वीरपाड़ा ब्लकको दलमोड़ जंगलबाट एउटा मरेको अवस्थामा हात्ती उद्धार गरेको छ। उक्त फेला परेको हात्ती के कारणले मरेको हो भन्नेबारे हालसम्म थाहा नलागेको साथै उक्त हात्तीको शव जंगलमा नै पोस्टमार्टम गरिएको वन विभाग सूत्रले जनाएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र हात्तीको मृत्युको सटीक कारण थाहा लाग्ने बताइएको छ।  

अधिक मात्रामा गाँजासहित दुई जना पक्राउ

नेपालबाट ल्याइरहेको अवैध 15 वटा गाई पक्राउ

नक्सलबारी: भारत-नेपाल सिमानामा अवस्थित एसएसबी 19औ बटालियनका जवानहरूले गश्ती लगाइरहेको समय नेपालबाट अवैध रूपमा ल्याइरहेको 15 वटा गाई-गोरू जफत गरेर नजिकैको पुलिस थानामा सुम्पिदिएको छ। एसएसबी 19औ बटालियन सूत्रले दिएको जानकारी अनुसार खटखटी क्याम्पका जवानहरूले गश्ती लगाइरहेको समय नेपालबाट अवैध रूपमा गाई-गोरू तस्करी गर्न ल्याइरहेको समय एसएसबी-का जवानहरूलाई देखेपछि तिनीहरू नेपालतर्फ चम्पट कसे। यसपछि ती जफत गरिएको 15 वटा भारतीय पुलिस थानामा सुम्पिदिएको बताइएको छ।siliguritimes/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button