खबर

च्याम्पीयनसीप प्रतियिोगितामा आदर्श डोजो प्रथम

काँकरभिट्टा / प्रजातन्त्र दिवसको अवसर पारेर मेचीनगर लोकतान्त्रीक खेलकुद संघको आयोजनामा कराँते च्याम्पियनसीप प्रतियोगिता बुधवार सम्पन्न भएको छ ।

काँरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको सभाहलमा आयोजित प्रतियोगितामा मेचीनगरका बाहुनडाँगी डोजो, काँकरभिट्टा डोजो , नकलबन्दा डोजो, आदर्श डोजो टाउन हल डोजो र लोफोफोरस डोजोले सहभागिता जनाएका थिए ।
मेचीनगर लोकतान्त्रीक खेलकुद संघका सभापति कर्ण थापाको सभापतित्व तथा नेपाली काँग्रेस मेचीनगर उपसभापती राम कट्टेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे, मेचीनगर सभापति ईन्द्र बहादु बुढाथोकी , लोक तान्त्रीक खेलकुद झापाका उपसभापति रविन बस्नेत , अन्तराष्ट्रि रेफ्रि राजु महर्जन, लगायतले बोलेका थिए । प्रतियोगितामा आदर्श डोजो प्रथम, बाहुनडाँगी डोजो दोस्रो, काँकरभिट्टा डोजो तेस्रो बनेका थिए । उनीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले ट्रफि तथा प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा रेफ्रि संयोजक कृष्ण बस्नेत , रेफ्रि वद्रि बिष्ट, मुक्ति काफले , राजेन्द्र कार्की र अविशेक दवाढी निर्णयकमा रहेको खेलसंयोजक बमबहादुर श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button