खेलकुद

वडास्तरीय भलिबल प्रतियोगिता फागुन १० देखि

इटाभट्टा / ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रथम मेचीनगर वडास्तरीय भलिबल प्रतियोगिता फागुन १० देखि हुने भएको छ । प्रतियोगिता मेचीनगर–७ स्थित सरस्वती आधारभूत विद्यालयको खेलमैदानमा हुने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

वडाले वर्षेनि विभिन्न विधाका खेलकुद प्रतियोगिता आयोजना गर्ने योजना अनुसार यस वर्ष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक वडा खेलकुद विकास समिति मेचीनगर ७ का संयोजक तथा वडा सदस्य नेत्रप्रसाद दाहालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मेचीनगर–७ वडा अध्यक्ष चन्दन मेचे, मेचीनगर नगरपालिका कर्मचारी संघका अध्यक्ष रविनसन थापामगर, झापा केवलका महेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । वडास्तरबाट विभिन्न खेलका दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको वडा अध्यक्ष मेचेले बताए ।
संयोजक दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समितिका सचिव राजेश खरेलले सञ्चालन गरेका थिए ।
प्रतियोगितामा आयोजकको २ टिमसहित नगर बाँकी १४ वटा वडा खेलकुद समितिका १६ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले २५ हजार र उपविजेता टिमले १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिता १७ गते समापन हुनेछ ।janasamsaddaily

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button