कविता

जी एन शर्मा
मन्छीलाई हेप्नी ?
मन्छीको मान सम्मान नर्गनी ?
सुखी र समृद्ध हुनबाट रोक्नी ?
प्रश्नै प्रश्नका बीचबाट
महोदय फेरि बोली बक्सियो
आउन लागेको वस्तु रोक्नी ?
भकानभका कुरा गरिर जागीरनै खाईदिनी ?
बीचबाट फरक प्रश्न आयो
तपाइँले हेप्नी कि हाम्ले हेप्नी ? जानकारी पाम न ,
महोदय कड्ककिदै बोली बक्सियो
फेरि बोल्नी ? मन्छी नचिनी बोल्नी ?
आउन आँटेको रोक्नी ? समृद्ध हुन नदिनी ?
सुखी र खुशी हुनबाट बाटो छेक्नी ?
सुशासनको बिरोध गर्नी ?
साम्यवाद आउन तगारो लगाउनी ?
बीचबाट फेरि प्रश्न आयो
कुरो चै सत्य केहो जान्न पाम न ?
महोदय आगो भएर भन्नु भो
फेरि बोल्नी ? थाहा पाएर पनि नपाए जस्तो गर्नी ?
सबै कुरा जानेर पनि नजाने जस्तो गर्नी ?
मलाईनै बोल्न लगाउनी ?
मन्छीलाई हेप्नी ?
देखेर पनि नदेखे जस्तो गरेर प्रश्न सोध्नी ?


