खबर

पेटको समस्याका कारण चीनलाई उपहार दिइएको ‘सोल्टी’ गैँडाको मृत्यु

चीन सरकारलाई उपहारस्वरुप दिइएको दुई जोडीमध्ये एक गैँडाको मृत्यु भएको छ । गत वर्ष भदौमा सांघाई चाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैँडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सोल्टीको मृत्युपछि मितिनी एक्लिएकी छिन् ।

‘गैडा मृत्यु भएको सामान्य जानकारी मात्र आएको छ,’ विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, ‘यसबारे बुझ्न टोली पठाउने तयारी भएको छ । त्यहाँ पुगेर नबुझी मृत्युबारे थप भन्न सकिँदैन ।’ यद्यपि विभागका एक कर्मचारीका अनुसार सोल्टी गैँडाको पेटको समस्याका कारण मृत्यु भएको हो ।

नेपालले ‘सोल्टी’ र ‘मितिनी’ अघि ‘रुपसी’ र ‘भद्र’ नामक जोडी गैडालाई चिमे लङ सफारी पार्कमा पठाएको थियो । त्यहाँ पठाइएका अन्य तीन गैँडाको अवस्था भने सामान्य रहेको विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

नेपाल र चीनबीच वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदानका साथै सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले २६ असार २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई चीनलाई दुई जोडी एकसिंगे गैँडा उपहार दिने निर्णय गरेको थियो ।राजधानी दैनिकमा  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button